काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेले सहकारीको रकम दुरुपयोगका सम्बन्धमा क्लिन चिट पाएको दाबी गरेका छन् ।
बिज्ञापन
आज, प्रतिनिधि सभा बैठकपछि संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मी सग वाग्लेले यस्तो बताएका हुन् ।
बिज्ञापन
रवि लामिछानेजीले त आज क्लिन चिट पाउनुभएको छ तर अव ठुला पार्टीमा ठुलै पद ओगटेर बसेका वास्तविक ठगहरू योबाट उजागर भएको छ’, वाग्लेले भने,‘अत संसदीय समितिले देशको भलो हुने काम नै गरेको जस्तो लागेको छ ।
उनले वास्तविक सहकारी पीडितको मुद्दा नछोड्ने पनि बताए । सभापति रवि लामिछानेले अझै पनि आफूले उठाएको विषयलाई कसैले लिपपोत गरे आफूले प्रतिवाद नगर्ने बताए ।
बिज्ञापन
प्रतिक्रिया दिनुहोस्