काठमाडौं,
असोज,११ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ मा सबै राजनीतिक दलहरुलाई पराजित गर्ने बताएको छ
आज, ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुराना दलले दिनदहाडै हत्या गर्नेहरुलाई संविधान दिवसका दिनमा रिहा गरेर नयाँ दल र जनतालाई के गर्नसक्छौं गर भन्ने चुनौती दिएको पनि बतलाइ।
उनले आउने ८४ को चुनावमा कुनैपनि दललाई एक सिट पनि जित्न नदिने जिकिर समेत गरे । धेरै बेथितिका चुनौतीहरु दिएका छन् । भ्रष्टाचारका फाइल खोल्ने भन्दै तर्सिएर बन्द गरेका छ।
तपाईंहरुको आवाज त्यति सुनिएन भनेर कहिलेकाहीँ केहीले भन्ने गर्नुहुन्छ । चर्को बोल्नुपर्छ भन्नुहुन्छ । के मा दिने, कति दरो बोल्ने, के भन्ने ? अब ठूलो स्वर गर्ने, दबाब दिने होइन, २०८४ मा एकैपटक बाइबाइ गर्ने, एउटा सिट पनि नदिने । एक सिट पनि नदिने हो, ख्याल गर्नुहोला’, सभापति लामिछानेले भने ।
पुराना दललाई मत दिएर जिताउनु भनेको फेरि भ्रष्टाचार र अनियमिततालाई प्रश्रय दिए सरह हुने उनको भनाइ छ ।
एक दुई सिट दिनुपर्छ, पुराना पार्टी हुन् भन्ने लाग्छ भने के तपाई थप वाइडबडीमा भ्रष्टाचार भएको हेर्न चाहनुहुन्छ ? नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएर बेचेको अझै हेर्न चाहनुहुन्छ ? यस् कार्यक्रम मा उनले प्रश्न गरे ।
२०८४ मा सबै राजनीतिक दललाई बाइबाइ गर्नुपर्छः सभापति लामिछाने

प्रतिक्रिया दिनुहोस्