काठमाडौं : उपत्यकामा थारू महिलाहरूले जितिया महोत्सवको आयोजना गरेका छन् ।
बिज्ञापन
बिज्ञापन
थारू महिला समाजले राष्ट्रिय नाँचघर जमल, थारू महिला सभाले पर्यटन बोर्ड भृकुटीमण्डप र थारु सांस्कृतिक विकास मञ्चले ललितपुरको कुपण्डोलमा पनि जितिया महोत्सव आयोजना गरेका थिए ।
बिज्ञापन
राष्ट्रिय नाचघर जमलमा आयोजित जितिया महोत्सवमा थारू युवतीहरू सांस्कृतिक भेषभूषा झल्किने पहिरनहरू लगाएर सहभागी भए ।

उनीहरू कार्यक्रममा पूर्वीमोरङ, सिरहा, सप्तरी, उदयपुर, चितवन, दाङ, बर्दिया, कैलाली र कञ्चनपुरका थारू महिलाहरूले लगाउने परिहन लगाएर सेल्फी खिचिरहेका देखिन्थे ।

हिजोदेखि सुरू भएको जितिया तीन दिनसम्म मनाइन्छ ।
प्रतिक्रिया दिनुहोस्