बाराको कवहीगोठमा सुविधासम्पन्न हाट बजार, असोज १७ गते पहिलो हाट लाग्ने

२०८१ आश्विन १०, बिहीबार ००:५४

बारा । बारा जिल्लाको सुवर्ण गाउँपालिका वडा नम्बर २ स्थित कवहीगोठमा असोज १७ गते पशुपंक्षी हाट बजार लाग्ने भएको छ । कृष्ण ट्रेडर्सद्वारा संचालित बजार असोज १ देखि व्यवसायीक रुपमा सन्चालनमा ल्याइएको भएपनि घटास्थापनाकाे दिन पहिलो बजार लगाउन लागिएको हो । उक्त दिन बजारको औपचारिकरुपमा उद्घाटन पनि गरिने छ ।

बिज्ञापन

यो बारा जिल्लाको सबैभन्दा ठूलो, परिमार्जित र व्यवस्थित हाट बजार हो । बजारमा ब्यापारीहरुलाई सम्पुर्ण सुबिधा रहेको छ । बेचबिखनका लागि ल्याइएको पशु चौपायाहरु लाई व्यवस्थापन राम्रो संग गर्ने भएको छ । साथै बिक्री गरिने पशु चौपायाको भेटनरी तथा करेन्टाइन गर्ने व्यवस्था समेत रहेको छ ।

बिज्ञापन

ब्यवस्थित र सुविधासम्पन्न बजार संचालनमा  आएसङै स्थानीयहरु पनि खुसी देखिन्छन ।  बजारमा रहेको चौपायालाई बजार व्यवस्थापनले घाँस पानी दिनुका साथै अन्य स्याहारसुसारको व्यवस्था मिलाएको छ ।

यस्तै बिक्री नभएको चौपाया तथा पशुपंक्षी दुक्कसंग व्यापारीले छोडेर जान मिल्ने व्यवस्था मिलाएको जानकारी बजार व्यवस्थापन समितिको संचालक कुमार मास्केले समष्टि नेपाल मिडियालाई जानकारी दिए ।

बिज्ञापन

निर्माणधिन तस्वीरहरु –

२०८१ आश्विन १०, बिहीबार ००:५४ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

रास्वपाले भ्रष्टाचारी विरुद्धको अभियानसँगै पार्टी स्थापना दिवस माइतीघर मण्डलामा मनाए

सीमान्तकृत जनजातीय समुदायहरू माथी राज्यको अँखा परेन : स्थानीय भन्छन् हामी केवल भोट बैंक मात्र हौँ त ?

स्याङ्जाकोआँधीखोला दोहनको रास्वपाले बिरोध गरिएको भन्दै नेपाली काङ्ग्रेस बाट निर्वाचित वडा अध्यक्षले गरे रास्वपाको केन्द्रिय सदस्य माथी रड प्रहार

गृहमन्त्रीको राजीनामा सगै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संघीय सदनमा निलो रिवन लगाएर विरोध

इरान र इजरायलबीच लडाइँ चर्किने भएपछि चीनले आफ्नो नागरिकहरुलाई इजरायल छाडन भनियो

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी फेरि पक्राउ पर्न सक्ने

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना