नैकापमा कार्यरत एक सहित २४ प्रहरी कर्मचारी सम्पर्कविहीन भएपछि सूचना जारी

२०८१ आश्विन १०, बिहीबार ०६:१३

काठमाडौं : प्रहरी प्रधान कार्यालय नक्सालले विभिन्न क्षेत्रमा कार्यरत २४ प्रहरी कर्मचारी सम्पर्कविहीन रहेको भन्दै तत्काल सम्पर्कमा आउन सूचना जारी गरेको छ ।

बिज्ञापन

प्रहरी महानिरीक्षकको सचिवालय, अन्तर्गतको कानुन शाखाले बिहीबार एक सूचना जारी गर्दै आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भई सक्दा समेत कार्यालयको सम्पर्कमा नआएकोले हाजिर हुन आउनेबारेमा सूचना प्रकाशित गरिएको जनाएको छ ।

बिज्ञापन

सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात (७) दिनभित्र आफू गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन नआए कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ

बिज्ञापन
२०८१ आश्विन १०, बिहीबार ०६:१३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना