गत २ महिनामा १ लाख १७ हजार युवाहरू रोजगारीका लागि बाहिरिए

२०८१ आश्विन १०, बिहीबार ११:४९

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को साउन र भदौमै १ लाख १७ हजार ६८ जना युवा वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगेका छन्।

बिज्ञापन

वैदेशिक रोजगार विभागका अनुसार साउनमा ५९ हजार ५ सय ७५ र भदौमा ५७ हजार ४ सय ९३ जना कामदार नेपालबाट श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश गएका हुन्।

बिज्ञापन

विदेश जाने कुल कामदारको करिब ३१ प्रतिशत कामदार यूएई गएका छन्। २ महिनामै रोजगारीका लागि यूएई जाने कामदारको संख्या ३६ हजार १ सय ४६ रहेको छ।

विभागका अनुसार साउनमा १७ हजार ५ सय ४ र भदौमा १८ हजार ६ सय ५ जना कामदार रोजगारीका लागि यूएई पुगेका छन्।
मलेसियाको रोजगारी ठप्पजस्तै हुँदा युवाको रोजाइमा यूएई परेको हो।

बिज्ञापन
२०८१ आश्विन १०, बिहीबार ११:४९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना