काठमाडौं । लगातार वर्षापछि मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशय भरिने सम्भावना देखिएपछि जलाशयको बाँधको ढोका खोलिने अवस्था सृजना हुन सक्ने बताइएको छ ।
बिज्ञापन
जिल्ला प्रहरी कार्यालय मकवानपुरले केही घण्टामा बाँध भरिने स्थिति देखिएको जनाएको हो ।
बिज्ञापन
बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ढोका खोल्नुपर्नेे अवस्था सिर्जना हुनसक्ने भन्दै प्रहरीले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदी किनाराका बस्तीहरूमा एक्कासी बाढी आउन सक्ने अवस्था देखिएको हुँदा कुलेखानी देखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
साथै प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरू समेत हाइ एलर्टमा बस्न प्रहरीले अनुरोध समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्