र्‍यापिड एक्सन टिम (Rat) प्रहरी प्रशासन,स्थानीयको पहलमा झ्याप्लेखोलामा पहिरोले पुरिएका बसबाट १४ जनाको शव निकालियो अन्यको खोजी खोजिकार्य जारी ( तस्वीरहरु )

२०८१ आश्विन १३, आईतवार ००:२७

काठमाडौं:  काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ ।

बिज्ञापन

शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए । त्यस क्रममा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको हो ।

बिज्ञापन

उक्त शव निकाल्नका लागि स्थानीय,पुलिस प्रशासन,राष्ट्रिय स्वतन्त्र पार्टी रास्वापा (Rat) र्यापिड एक्सन टिमका बिभागिय उप- प्रमुख आशिष थापा लगायतका टिमहरू खोजी कार्यमा जुटिरहेको थिए ।

हामी जुनसुकै समय,विपतको बेला हामीले सक्ने ठाउँमा पुग्ने गरेका छौ । हामीले जनताको दु:खद घडीमा काम गर्ने गरेका छन्। तर हामी लाई केही व्यक्तिहरूले विभिन्न उप,नामहरु दिने हाम्रो खुट्टा काट्ने जुन प्रबिदी हुन्छ, तेति बेला भने अलि दुख लाग्छ । तर पनि हामी हटेर हैन,डटेर कुनै प्रवाह नराखी, नत भोग नत तिर्खा नै हामीले सक्ने सहयोग गर्ने गरेकाछौ । भन्दै केही दुखेसो पनि पोखे,(Rat) टिमका केन्द्रिय सदस्य- प्रदिप सप्कोटाले।

बिज्ञापन

त्यस्तै नम्बर नखुलेको अर्को बसबाट पनि ९ जनाको शव निकालिएको दृश्य हामीले देखिरहेको थियो। साथै उक्त, बसहरु शनिबार साँझ एक्साभेटरको सहायताले पनि निकालिएको थियो ।

पहिरोमा अरु बसहरु पनि पुरिएको आशंकामा प्रहरी, स्थानीय, साथै (Rat) र्यापिड एक्सन टिमले खोजी कार्य गरिरहेको छ  । केही भिडियो र तस्वीरहरु –

 

 

२०८१ आश्विन १३, आईतवार ००:२७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना