अविरल वर्षा बाढी पहिरोसँगै ह्वात्तै बढ्यो तरकारीको मूल्य

२०८१ आश्विन १४, सोमबार ११:११

काठमाडौँ: कालिमाटी फलफूल तथा तरकारी बजारमा आज तरकारी महँगिएको छ ।

बिज्ञापन

आज ठूलो गोलभेँडा ११० र लोकल गोलभेँडा प्रतिकिलो ७५ रुपैयाँ पुगेको छ ।

बिज्ञापन

त्यस्तै, अघिल्लो दिन १०५ रुपैयाँमा किनबेच भएको काउली ४० रुपैयाँले बढेर १४५ पुगेको छ ।

आज बन्दा ७०, लौका ९५ र मकैबोडी ६४ रुपैयाँले बढेर ९५ रुपैयाँ पुगेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

बिज्ञापन

आज पालुंगो ११५ रुपैयाँले बढेर प्रतिकिलो १९० रुपैयाँ र स्कुस २११ प्रतिशतले बढेर ५५ पुगेको छ । पुदिना भने किलोमै १७४ रुपैयाँ महँगो भएर ७५० पुगेको हो । हिजो ५७६ मा बिक्री भइरहेको थिए ।

अविरल वर्षा गय सगै राजधानी जोड्ने सडक ठाउँ–ठाउँमा अवरुद्ध भएपछि तरकारी ढुवानी हुन नसक्दा मूल्य बढेको हो। ।

२०८१ आश्विन १४, सोमबार ११:११ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना