धादिङको गजुरी गाउँपालिका परेवा भिरमा सुखा पहिरो सवारी आगमन अवरुद्ध

२०८१ आश्विन १४, सोमबार १६:११

धादिङ ।

बिज्ञापन

गजुरी गाउँ पालिकासम्म वडा नम्बर-२ मलेखुको माछा बजार नजिकै परेवा भीरमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्गमा सवारी आवागमन दुवैतर्फ ठप्प भएको छ ।

बिज्ञापन

पहिरो ठुलो भएकोले अवरुद्ध राजमार्ग खुलाउन केही समय लाग्ने इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिल्लीनारायण पाण्डेले जानकारी दिनु भएको छ । उहाँका अनुसार आज राजमार्गमा सवारी चाप निकै बढेको छ ।

पहिरोका कारण सडक अवरुद्ध हुँदा राजधानीबाट बाहिरिएका र राजधानी प्रवेशका लागि आएका सवारीका साधनहरू रोकिएका छन् ।

बिज्ञापन

सडक खुलाउनका लागि प्रयास गरिएको भए पनि राति र अँध्यारोका कारण थप समस्या भएको भनाइ छ। सो स्थानमा पहिरो खस्ने समस्या रहेको पनि प्रमुख पाण्डेले बताउनु भएको छ ।।

२०८१ आश्विन १४, सोमबार १६:११ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना