आज तपाई कतै यात्रामा हुनुहुन्छ ? मौसम यस्तो रहेकोे छ

२०८१ आश्विन १५, मंगलवार ०१:५८

काठमाडौं : आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

बिज्ञापन

काठमाडौँ उपत्यकामा पनि अहिले बिहानको मौसम सफा रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, मधेस र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ ।

बिज्ञापन

बाँकी  प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।

बिज्ञापन

बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी प्रदेशका केही स्थान, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागले राति कोसी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

२०८१ आश्विन १५, मंगलवार ०१:५८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना