नेपाल वायुसेवा निगमले २७ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म छुटेका यात्रुलाई टिकट साट्दा पैसा नलाग्ने

२०८१ आश्विन १५, मंगलवार ०३:५१

काठमाडौं । नेपाल वायुसेवा निगमले २७ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म अन्तर्राष्ट्रिय उडानका लागि टिकट लिएर उड्न छुटेका यात्रुहरूलाई टिकट साट्दा शुल्क नलिने घोषणा गरेको छ।

बिज्ञापन

निगमले एक विज्ञप्ति जारी गर्दै अविरल वर्षाका कारण निगमको अन्तर्राष्ट्रिय उडानहरू छुट्न गएका यात्रुहरूले ११ अक्टोबर २०२४ सम्म यात्रा गर्न चाहेमा कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरेको जानकारी दिएको छ।

बिज्ञापन

निगमले त्यस्ता यात्रुहरूलाई यथाशिघ्र कार्यालयमा सम्पर्क गरी सो सेवा लिन अनुरोध समेत गरेको छ।

बिज्ञापन
२०८१ आश्विन १५, मंगलवार ०३:५१ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना