सुनसहित हेटौँडाबाट एक जना युवा पक्राउ

२०८१ आश्विन १५, मंगलवार १६:०५

१५,असोज हेटौंडा ।  अबैध सुनसहित एक जना हेटौँडाबाट पक्राउ परेका छन् । ४ सय ९०.८८ ग्राम सुनसहित १ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बिज्ञापन

मंगलबार विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले रातोमाटे चौकीबाट सुनसहित एक जनालाई पक्राउ गरिएको हो ।

बिज्ञापन

पक्राउ पर्नेमा भारत विहार राज्य फुलवरिया पुर्वी चम्पारण बरेवा बस्ने वर्ष ३४ को सुजित सर्राफ रहेका छन् ।

हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोष्टबाट वीरगंजबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ज ६९६ नम्बरको यात्रु बाहक ईभी माईक्रोलाई सुरक्षाजाँच गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो ।

बिज्ञापन

सर्राफलाई सुरक्षाजाँच गर्दा उनले खुट्टाको पैतलामा कालो टेपले बेरी ल्याएको अवस्थामा सुन बरामद भएको थियो ।

बिल बिजक नभएको बिस्कुटको आकारको टुक्रा ४ थान, सानो टुक्रा १ थान, सिक्री १ थान सुन फेला परेको प्रहरीको भनाई छ ।

उक्त सुनको बजार भाउ ६७ लाख ३४ हजार ५४४ रुपैयाँ रहेको र उक्त सुनसहित सर्राफलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।

२०८१ आश्विन १५, मंगलवार १६:०५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना