कलैया ,बारा । बाराको सुवर्ण गाउँपालिका -२ कवहीगोठमा पशुपंक्षी हाट बजारको समुद्घघाटन समारोह सम्पन्न भएको हो।
बिज्ञापन
कृष्ण ट्रेडर्सद्वारा सञ्चालित पशुपंक्षी हाट बजारका सञ्चालक कुमार मास्केको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका नेता एवम् संविधानसभा सदस्य राधेचन्द्र यादव रहनु भएको थियो।
बिज्ञापन
उक्त कार्यक्रममा विशिष्ट अतिथिहरु बारा निर्वाचन क्षेत्र नम्बर -२ का “ख”(२) का विधायक बच्चा राउत अहिर ,सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादव ,पुर्व गाउँपालिका अध्यक्ष एवम् जसपा नेपालका नेता महेन्द्र यादव रहनु भएको थिए ।
यस्तै अतिथिहरुमा राजेन्द्र प्रसाद सिँह ,बासदेव प्रसाद यादव दोलेन्द्र यादव ,नारायण यादव ,वडा नम्बर -७ का वडाध्यक्ष जितेन्द्र यादव ,राजेन्द्रप्रसाद यादव ,अशोककुमार यादव लगायतका नेताहारु उपस्थित थिए ।
बिज्ञापन
साथै प्रमुख अतिथि राधेचन्द्र यादवले पशु पंक्षीको हाट बजारले बारा निर्वाचन क्षेत्र नम्बर -२ का जनतालाई प्रत्यक्ष फाईदा पुग्ने बताउनुभयो । विगतमा स्थानीय व्यापारीहरूले प्रशासनबाट धेरै झमेलाहरु बेहोर्न परेको र अब भने यो हाट बजारले स्थानीय व्यापारी र जनतालाइ सहज हुने यादवले बताउनुभयो ।
यस्तै मधेस प्रदेशका विधायक बच्चा राउत अहिरले पनि कवहीमा पशुपंक्षीको बजारले सबै किसानलाई प्रत्यक्ष फाईदा पुग्ने बताउनुभयो ।आफुले पनि बजारका लागि सक्दो सहयोग गर्ने पनि बताउनुभयो ।
यस्तै सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादव र पुर्व गाउँपालिका अध्यक्ष महेन्द्र यादवले पनि हाट बजारलाई सक्दो सहयोग गर्ने बताउनुभयो।
सोही कार्यक्रममा अतिथिहरुले शुभकामना मन्तव्य पनि राखेका थिए । बजार व्यवस्थापनका टिमहरुले अथिती स्थानीय राजनीतिदलका नेता साथै व्यापारी स्थानीय सबैलाई सम्मान गरेका थिए ।
सोही बजार प्रत्येक बिहीबार र आईतबार लाग्ने पशुपंक्षी हाट बजार व्यवस्थापन समितिका कुमार मास्के जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्