गोर्खा जिल्लाको मनकामना केबलकार आजदेखि तीन दिन बन्द हुने भएको छ

२०८१ आश्विन २९, मंगलवार ०१:१७

काठमाडौं । गोर्खाको मनकामना केबलकार आज देखि तीन दिनसम्म बन्द हुने भएको छ । मर्मत सम्भारका लागि आजै बाट कात्तिक १ गते सम्म केबलकार बन्द गरिएको हो ।

बिज्ञापन

केबलकारका नयाँ तार फेर्नुपर्ने, लठ्ठाहरुलाई छोट्याउनुपर्ने लगायतका काम गर्नुपर्ने भएकाले तीन दिनका लागि सेवा बन्द भएको मनकामना दर्शन प्रालिले जनाएको छ ।

बिज्ञापन

ती काम दुई दिनमा सकिने अनुमान छ । १ गते विश्राम गर्ने साथै कात्तिक २ गतेदेखि सेवा सुरु गरिने प्रालिले जनाएको छ ।

मनकामना केबलकार मर्मत सम्भारका लागि अष्ट्रियाबाट विज्ञ प्राविधिकहरु झिकाइएको छ ।

बिज्ञापन

 

२०८१ आश्विन २९, मंगलवार ०१:१७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना