नुवाकोटमा रास्वपा प्रदर्शन शान्तिपूर्ण, टायर बाल्ने र सडक अबरोध गर्न अन्य पार्टीका कार्यकर्ता परिचालित

२०८१ कार्तिक ३, शनिबार १२:००

नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्राउ विरुद्ध देशव्यापी प्रदर्शन भएको छ । शनिवार पोखरा, काठमाडौं, नुवाकोट सहित देशका विभिन्न स्थानमा रास्वपाका नेता, कार्यकर्ता र शुभेच्छुकहरुले सरकारले लामिछाने माथि प्रतिशोध साधेको भन्दै स्वतस्फूर्त प्रदर्शन गरेका छन् ।

बिज्ञापन

त्यसैक्रममा आज नुवकोटमा पनि प्रदर्शन गरेका थिए । रास्वपा नेता कार्यकर्ताहरुले शान्तिपूर्ण रुपमा प्रदर्शन गरेपनि अन्य पार्टीका नेता कार्यकर्ता पसेर बदमान गराउने उद्धेश्यले टायर बालेर बिरोध प्रर्दशन गरेको पाइएको रास्वपा नुवाकोटले जनाएको छ। टायर बाल्ने सडक अवरोध गर्ने कार्य रास्वपाको नेता कार्यकर्ताले नभई अन्य पार्टीले घुसपेट गरेर गरेको पाइएको छ।

बिज्ञापन

रास्वपा नुवाकोटले आज बिहानै शान्तिपूर्ण तरिकाले बिरोध गर्न र अभद्र व्यवहार नगर्न नगराउन निर्देशन दिएको सभापति रामेश्वर गजुरेलले जानकारी दिए ।

लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ पुर्जी लिइ शुक्रबार साँझ पार्टी कार्यालय चमतीबाट पक्राउ गरि पोखरा पुर्याएको छ। पार्टी कार्यालयमा सयौँका सङ्ख्यामा रहेका शुभेच्छुकमाझ लामिछानेले गिरफ्तारी दिएका हुन् । प्रहरीलाई गिरफ्तारी दिनु अघि लामिछानेले कानुनलाई सघाउने भन्दै राजनीतिक प्रतिशोध विरुद्ध खबरदारी गर्न कार्यकर्तालाई आग्रह गरे । उनले सहकारी ठगीको झुटो आरोपमा आफू विरुद्ध सरकार लागेको पनि बताए ।

बिज्ञापन
२०८१ कार्तिक ३, शनिबार १२:०० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना