बिज्ञापन
काठमाडौँ : नेपाल प्रहरी अस्पतालको प्रमुखमा डा. सुन्दरप्रसाद ह्योजुलाई बढुवा गर्न सिफारिस गरिएको छ ।
बिज्ञापन
आइतबार साँझ बसेको बढुवा समितिको बैठकले डीआईजी ह्योजुलाई प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप–समूहतर्फको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको थियो ।
यसअघि अस्पतालको प्रमुखमा डा. सञ्जय श्रेष्ठलाई बढुवा गर्न चलखेल भएको थियो । डा. ह्योजु सो अस्पतालका सिनियर चिकित्सक हुन् । एआईजीको प्रतिस्पर्धामा उनीसँगै गोपेश ठाकुर पनि थिए ।
बिज्ञापन
श्रेष्ठ उनीहरूभन्दा दुई वर्ष जुनियर हुन् ।
प्रतिक्रिया दिनुहोस्