काठमाडौं । माओवादी केन्द्रले यही कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गर्ने भएको छ ।
बिज्ञापन
सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन भन्दै काठमाडौंको प्रदर्शनीमार्गमा कात्तिक १० गते खबरदारी सभा गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ ।
बिज्ञापन
आज अध्यक्ष दाहालले पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय कार्यालयको बैठकले खबरदारी सभा गर्ने निर्णय गरेको जानकारी गराए ।
उनले खबरदारीसभाको तयारीमा जुट्न सबै कमिटीहरुलाई निर्देशन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्