(संग्रह)
बिज्ञापन
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) उपसभापति स्वर्णिम वाग्लेको संयोजकत्वमा संवाद समिति निर्माण गरेको छ । पार्टी केन्द्रीय समिति बैठकले संवाद समिति बनाउने निर्णय गरेको हो ।
बिज्ञापन
सोही बैठकले उसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा सात प्रदेशका पार्टी सभापति सदस्य रहनेगरी आन्दोलन सञ्चालन मुल समिति गठन गर्ने निर्णय समेत गरेको छ ।
बैठकले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखिएको र अनुसन्धानका नाममा थुन्ने र मानसिक दबाब दिने षडयन्त्र देखिएकोले उनको तत्काल रिहाई गर्न सरकारसँग माग समेत गरेको छ ।
बिज्ञापन
बैठकले राजनीतिक प्रतिशोध, भ्रष्टाचार र वेथितिविरुद्ध एवम् सहकारी पीडितको ८८ अर्ब फिर्तासहितको न्यायका लागि निरन्तर आन्दोलन जारी राख्ने निर्णय समेत (रास्वपाले) जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्