बाराको गढीमाई नगरपालिका १ नैकाटोलमा स्थानीय ५० वर्षीय श्रीनारायण यादवको धारिलो हतियार प्रहारबाट हत्या

२०८१ कार्तिक ११, आईतवार ०३:२६

बारा । बाराको नैकाटोलमा गएराति अज्ञात समूहको धारिलो हतियार प्रहार बाट एक जनाको ज्यान गएको छ ।

बिज्ञापन

गढीमाई नगरपालिका–१ नैकाटोलमा स्थानीय ५० वर्षीय श्रीनारायण यादवको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

बिज्ञापन

डिएसपी सापकोटाका अनुसार गएराति करिब ८ बजे घर नजिकैको सडकमा उनीमाथि गर्धनमा धारिलो हतियार प्रहार भएको जानकारी दिए।

उनलाई तत्कालै प्रादेशिक अस्पतालमा पुर्‍याएको थियो ।भने  उपचारका क्रममा उनको मृत्यु भएको डिएसपी सापकोटाले समष्टि नेपाल मिडियाललाइ जानकारी दिएका थिए ।

बिज्ञापन

यादवको हत्याबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०८१ कार्तिक ११, आईतवार ०३:२६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना