माओवादीले अझै धम्कि देखाएर खाने बानी छोडेको छैन : प्रधानमन्त्री केपी शर्मा ओली

२०८१ कार्तिक ११, आईतवार ०७:१७

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काएका छन्। हिजोको खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले आफूहरुले हतियार बिसाएको तर चलाउन नबिर्सेको भन्दै सरकारको नेतृत्व गर्ने दलहरुलाई चेतावनी दिएका थिए।

बिज्ञापन

आज गैरआवासीय नेपालीहरुको ग्लोबल सम्मेलन उद्घाटन समारोहमार्फत जवाफ फर्काउँदै ओलीले हतियार बिसाउन लगाउन आफूहरुले जानेको बताएका हुन्। प्रधानमन्त्री आलीले माओवादीले अझै धम्क्याएको भरमा खाने गरेको आरोप लगाए।

बिज्ञापन

यसैबीच एनआरएनएको ग्लोबल सम्मेलन काठमाडौंमा सुरु भएको छ। सोल्टी होटेलमा आयोजित सम्मेलनको पहिलो दिन आज नेपालमा आर्थिक रूपान्तरणका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक, जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरणसम्बन्धी विषयमा छलफल हुनेछ।

दोस्रो दिन राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तीकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षा तथा नेपाल पर्यटन प्रवर्द्धन नीति निर्माण, अपेक्षा चुनौती र एनआरएनएको भूमिकालगायत सत्र रहनेछन्।

बिज्ञापन

 

२०८१ कार्तिक ११, आईतवार ०७:१७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना