यसपालिको तिहारको भाइ मसलामा मूल्य वृद्धि

२०८१ कार्तिक १६, शुक्रबार १३:०५

काठमाडौं : यस वर्ष तिहारमा भाई मसलाको मूल्य करि ४० प्रतिशतले वृद्धि भएको छ। काठमाडौंको थानकोटमा वर्षौंदेखि भाईमसलाको व्यापार गर्दै आएका व्यापारी र खरिदका लागि पुगेका ग्राहकहरुले गत वर्ष भन्दा यस वर्ष भाई मसलाको मूल्य बढेको बताएका हुन्।

बिज्ञापन

भाइ मसलाको पुस्तौनी व्यापार गर्दै आएका स्थानीय व्यापारी अनुज श्रेष्ठले असोज ११, १२ र १३ गते आएको बाढी र पहिरोले पनि यस वर्ष भाईमसलाको मूल्य करिब ४० प्रतिशतले बढ्न गएको बताए। मूल्य बढेकाले यसपटक भाईमसला किन्नेहरुले पनि थोरै सामानहरु खरिद गर्ने गरेको पाइएको छ।

बिज्ञापन

व्यापारी श्रेष्ठले भने, ‘अब भाउको हिसाव गरौँ भने पोहोर सालभन्दा यसपाली यो ड्राईफुड मसला करिव ४० पर्सेन्टले महंगीएको छ। कारण के होला? मेरो विचारमा अस्ती असोज महिनामा आएको बाढीले गर्दाखेरी जस्तो लाग्छ ।उनलेे भने

यता, ग्राहकहरुले पनि यस वर्ष भाईमसलाको मूल्य धेरै बढेको प्रतिक्रिया दिएका छन्।

बिज्ञापन

ग्राहकहरुले भने पोहोरको तुलनामा यस पटक हरेक समानको भाउ बढेको छ। व्यापारीहरुले मिलाएर दिनुभए ग्राहकहरुलाई सजिलो हुने थियो। ग्राहकले भने

बजारमा यस वर्ष प्रतिकेजी काजु २ हजार २००, बदाम एक हजार ७००, किसमिस ६००, कालोदाख १ हजार, ओखर ५५० खरिद मूल्य राखिएको छ। त्यसैगरी, प्रतिकेजी ओखरगुदी १ हजार ५००, अनजिर २ हजार, २००, खुरपानी १०००, नरिवल ५५०, दाना मिश्री १८०, धागो मिश्री २००, मखना २ हजार दालचिनी ८०० मूल्य राखिएको छ। तर सबै सामग्रीमा करिव ३५÷४० प्रतिशत मूल्य गत वर्षभन्दा बढेको स्थाानीय व्यापारी ले बताए । मूल्य बढेकाले व्यापार घटेको व्यापारी बताउँछन्।

श्रेष्ठले भने, ‘३५/४० पर्सेन्ट सबै वस्तुको भाउ बढेको छ। काजुमा पनि बढेको छ। किसमिस, बदाम, छोकडा, नरिवल, ओखर सबैमा भाउ एकदम बढेको छ। त्यही भएर व्यापार विगतमा भन्दा यस वर्ष निकै घटेको छ।’

भाइ मसलाको मूल्य बढेकाले यस वर्ष ग्राहकहरुको चहलपहल पनि कम भएको स्थानीय व्यापारीहरुले बताएका छन्।

२०८१ कार्तिक १६, शुक्रबार १३:०५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना