काठमाडौ : नेपाल साेताेकान कराँते संघ भृकुटी डाेजाे भृकुटीमण्डप काठमाडौकाे आयाेजनामा शुभदिपावलीकाे शुभकामना आदान प्रदान, चियापान तथा सम्मान कार्यक्रम २०८१ बुधबार सम्पन्न भएको छ ।
बिज्ञापन
अन्तर्राष्ट्रिय कराँते काेच तथा राष्ट्रिय निर्णायक अष्टविर लामाकाे अध्यक्षता , काठमाडौ महानगरपालिका वडा नम्बर २८ का वडा अध्यक्ष भाइराम खड्कीकाे प्रमुख आतिथ्यतामा शंकरदेव क्याम्पस पुतलीसडक काठमाडौंमा सम्पन्न भएको हाे ।
बिज्ञापन
सोही कार्यक्रम सञ्चालन कराँते राष्ट्रिय निर्णायक तथा कलाकार करण तामाङले गरेका थिए । विभिन्न अन्तर्राष्ट्रिय कराँते ऐतिहासिक पदकहरु नेपालकाे पाेल्टामा पारेर नेपालीहरु नाम उच्च राख्न सफल कराँते खेलाडी एरिका गुरुङ, राष्ट्रिय टिमका प्रशिक्षक कुशल श्रेष्ठ, निरन्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्दै आएकाे मनमैजु कराँते डाेजाे र अन्य भृकुटी डाेजाेकै ५ खेलाडीहरुलाई नगदसहित सम्मान गरेका छन् ।
विशेष अतिथिहरुमा नेपाल साेताेकान कराँतेका केन्द्रीय पदाधिकारीहरु, बरिस्ठ कराँते प्रशिक्षकहरु, राष्ट्रिय संगीतकर्मी संघबाट केन्द्रीय उपमहासचिव मान बहादुर तामाङ, प्रदेश महासचिव दिनेश तामाङ, काठमाडौ महानगरपालिका २८ का वडा सदस्यहरु लगायतले कार्यक्रम सम्बाेधनसँगै शुभकामना व्यक्त गरेका थिए ।
बिज्ञापन
काँता प्रदर्शन, सांगीतिक प्रस्तुतिहरुले कार्यक्रमकाे अझ साेभा बढेको कार्यक्रम अध्यक्ष अष्ट वीर लामाले बताएका छन् । खेलाडीहरु राष्ट्रकाे निमित्त पसिना बगाउने तर राज्यले नसम्झिने अवस्थालाई परिवर्तन गर्नुपर्ने आयाेजककाे भनाइ रहेको छ ।
भृकुटी डाेजाेले करिब ४ वर्षकाे अन्तरालमा २०० भन्दा बढी पदकहरु भित्र्याउन पनि सफल भएको छ ।
प्रतिक्रिया दिनुहोस्