काठमाडौं : चन्द्रागिरिको मातातिर्थस्थित फुटबल मैदानमा जारी चन्द्रागिरि औद्योगिक सांस्कृतिक पर्यटन, व्यापार महोत्सवको आज १५औ दिन पनि उत्तिकै चहलपहल देखिन्छ ।
बिज्ञापन
सोही महोत्सव कात्तिक २ गतेदेखि सुरु भइ १५ गते सम्म चल्ने भनिए तापनि आज १५ औ दिन सम्म पनि उत्तिकैचहलपहल रहेको छ ।
बिज्ञापन
महोत्सवमा सहभागी हुनेको संख्या दिनहुँ बढ्न थालेपछि महोत्सवको अवधि एक साता थप गरि थियो ।
महोत्सवमा दैनिक राष्ट्रिय कलाकारहरुले आफ्नो कलाको बेजोड प्रस्तुति दिँदै आएका छन् ।
बिज्ञापन
महोत्सवमा स्थानीय सिपबाट उत्पादन भएका हस्तकला तथा कृषि औजारको प्रदर्शनीका साथै ग्रामीण प्रविधि सम्बन्धी गतिविधिको प्रदर्शनी, अटोमोबाईल प्रदर्शनी, समेत समावेश गरिएको छ ।
महोत्सवमा सांस्कृतिक, व्यापार तथा प्रर्यटकीय प्रदर्शनी र लत्ता कपड़ा तथा भाँडाकुँडाको प्रदर्शनी तथा बिक्री स्टलहरुसमेत राखिएको छ ।
तस्वीरहरु-






















प्रतिक्रिया दिनुहोस्