अमेरिका डाइभर्सिटी भिसाको समय दुईदिन थप

२०८१ कार्तिक १९, सोमबार ०८:१७

काठमाडौं : अमेरिकाले डाइभर्सिटी भिसाको समय अवधी फेरि दुई दिन थप गरेको छ ।

बिज्ञापन

डाइभर्सिटी भिसा २०२६ को आवेदन दिने समय थप गरिएको  अमेरिकी दूतावासले जनाएको हो।

बिज्ञापन

यसअघि ५ नोभेम्बर २०२४ सम्म कायम गरिएको समयावधि दुई दिन थपेर ७ नोभेम्बरसम्म बढाइएको नेपाल स्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

अमेरिकी दूतावासका अनुसार असोज १६ गते बुधबार राति ९:४५ बजेदेखि डीभी कार्यक्रममा  आवेदन खुलला गरिएको थियो ।

बिज्ञापन

डिभी कार्यक्रमबाट अमेरिका लगिने व्यक्ति निष्पक्ष रूपमा छनोट गरिने अमेरिकी दूतावासले बताएको छ ।

एउटा व्यक्तिले एउटा मात्र आवेदन दिनुपर्ने र एकभन्दा बढी आवेदन दिए अयोग्य ठहरिने दूतावासले जनाएको छ ।

२०८१ कार्तिक १९, सोमबार ०८:१७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना