पोखरा :आज पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विरोधमा उत्रिएका ७ जना प्रदर्शनकारीलाई धरपकट गरेका छन् ।
बिज्ञापन
कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि आज अदालत लगिएको छ । सोही क्रममा उनका समर्थकसहित कार्यकर्ताले अदालत बाहिर नाराबाजी गरेका थिए ।
बिज्ञापन
निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले लाठीचार्ज, अश्रुग्यास प्रहार गरेको थिए ।
अहिले पनि रत्नचोकमा रास्वपाका नेताकार्यकर्ताले प्रदर्शन गरिरहेका छन् । उता अदालतमा भने रवि लामिछानेसहित ४ जनाको म्याद थपबारे बहस भइरहेको छ ।
बिज्ञापन




प्रतिक्रिया दिनुहोस्