काठमाडौं । आज सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य दिन हो । व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने गर्दछन् । आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापनहुने चलन छ।
बिज्ञापन
आज काठमाडौं उपत्यकासहित तराई मधेशका जिल्लाहरुमा छठ, पर्वको खुसियाली छ ।
बिज्ञापन
विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका मानिसले पनि मनाउने गरेका छन् । पछिल्लो समय राजधानीसँगै अन्य क्षेत्र समुदायले पनि छठ मनाउँदा सामाजिक सद्भाव र एकता कायम भएको छ ।
आज छठको मुख्य दिन भएकाले सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।
प्रतिक्रिया दिनुहोस्