काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सवारी पार्किङमा शुल्क पहिलाको तुलनामा दोब्बर लिन थालिएको छ। विमानस्थलमा सवारीधनीले आफ्नो सवारी पार्क गरे वापत पहिलाको तुलनामा अहिले दोब्बर शुल्क तिर्न बाध्य छन् ।
बिज्ञापन
अहिले विमानस्थलमा मोटरसाइकल, स्कुटरलगायत दुईपांग्रे सवारीले प्रतिघण्टा ४० रुपैयाँ तिरिरहेका छन् । यसअघि, दुईपांग्रे सवारीले प्रतिघण्टा २० रुपैयाँ तिर्नुपर्थ्यो । यस्तै, कार, जिपलगायत चारपांग्रे सवारीको पार्किङ शुल्क प्रतिघण्टा ८० रुपैयाँ पुगेको छ । यसअघि, यी सवारीधनीले ४० रुपैयाँ तिर्नुपर्थ्यो ।
बिज्ञापन
यस्तै, माइक्रोबस, ट्याम्पोलगायत सवारीको १०० रुपैयाँ लिन थालिएको छ।
प्रतिक्रिया दिनुहोस्