काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक अहिले केन्द्रीय कार्यालय वनस्थलीमा बसिरहेको छ । पार्टी सभापति रवि लामिछाने पक्राउ गरेको लामो समय बितिसक्दा पनि पार्टीले कुनै ठोस निर्णय लिन नसकेको भन्दै रास्वपाका समर्थक दबाब दिन घण्टी घरमै पुगेको हो।
बिज्ञापन
रास्वपा पार्टी कार्यालयमा अहिले प्लेकार्डसहित समर्थक तथा कार्यकर्ता बसिरहेका छन्। उनीहरुले रविलाई न्याय, सहकारी पीडितको रकम फिर्ता र सबै भ्रष्टहरुलाई जेल नकोचेसम्म आन्दोलन जारी रहन्छ, आँटिला नेतालाई सलाम छ, डराउनेलाई आँट दिन्छौँ, आफ्नै नेताहरूलाई नो नट अगेन भन्ने दिन नआओस्, कि सङ्कटमा पार्टी सम्हाल कि ठाउँ छाड भन्ने नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।
बिज्ञापन
प्रतिक्रिया दिनुहोस्