मानव तस्करीको आरोपमा एमालेका नेता,पुर्व मन्त्रीअधिकारी पक्राउ,

२०८१ कार्तिक २५, आईतवार १३:०७

काठमाडौं : कोशी प्रदेशका तत्कालीन मन्त्री लीलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । पैसा असुलेर युवाहरूलाई विदेश पठाउन खोजेको र मानव तस्करी गरेको आरोपमा अधिकारीलाई प्रहरीले पक्राउ गरेको थियो ।

बिज्ञापन

पूर्वमन्त्री अधिकारीलाई आइतबार पक्राउ गरेर विराटनगरबाट आजै काठमाडौं ल्याइएको छ । काठमाडौं जिल्ला अदालतले अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिनुभयो ।

बिज्ञापन

जापान काण्डमा मुछिएपछि अधिकारीले मन्त्रीबाट राजीनामा दिएका थिए ।उनि एमालेको तर्फबाट मन्त्री बनीए का थिए ।

बिज्ञापन
२०८१ कार्तिक २५, आईतवार १३:०७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना