भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको निर्देशन,ग्वार्कोमा निर्माणाधिन फ्लाई ओभरमा ढिलासुस्ती नगर्न निर्देशन

२०८१ कार्तिक २६, सोमबार ०७:५१

काठमाडौं । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ग्वार्कोमा निर्माणाधिन फ्लाई ओभरको स्थलगत निरीक्षण गरेको थियो  ।

बिज्ञापन

मन्त्रालयका उच्च अधिकारीसहित मन्त्री दाहाल सोमबार बिहान निर्माण स्थलमा पुगेका थिए । निरीक्षण पश्चात मन्त्री दाहालले फ्लाई ओभर निर्माणको कामलाई गति दिन निर्देशन दिए । त्यस क्रममा उनले पूर्वाधार तथा विकास आयोजना निर्माण कार्यमा हुने ढिलासुस्ती गर्न नहुने बताए ।

बिज्ञापन

सहरी तथा यातायात व्यवस्थापनमा महत्वपूर्ण हुने अपेक्षा राखिएको उक्त फ्लाई ओभर निर्माणको कार्यलाई गति दिएर समयमै सक्न उनले निर्देशन दिए । निरीक्षण टोलीमा मन्त्रीदाहाल सहित मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरी पोखरेल लगायत अधिकारी सहभागी थिए

२०७८ सालको फागुन १२ गते देखि ठेक्का लागि निर्माण शुरु भएको उक्त फ्लाई ओभर थप भएको म्याद थप पछि २०८१ को पुष ८ गते सम्पन्न गर्नुपर्ने छ ।३० मिटर स्पानको ४ लेनको पुल सहितको फ्लाई ओभर निर्माणको काम आशिष–समानान्तर–रेलिगेर जेभी काठमाडौले गरिरहेको छ ।

बिज्ञापन
२०८१ कार्तिक २६, सोमबार ०७:५१ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना