सेयर बजारमा १४ अंकको गिरावट, ७ अर्ब ९१ करोडको कारोबार

२०८१ कार्तिक २९, बिहीबार ०१:०२

काठमाडौं : सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक १४.१२ अंकले घटेर २७३४.८३ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स ५.०८ अंकले घटेर ४८३.६९ विन्दुमा पुगेको छ।

बिज्ञापन

यसदिन ३०८ स्क्रिप्सको १ करोड ५३ लाख  ६२ हजार  २०६ कित्ता सेयर ७ अर्ब ९१ करोड १९ लाख ७६ हजार  ४४९ रुपैयाँमा खरिदबिक्री भयो। नेप्से दोहोरो अंकले घटेपनि पाँच कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सप्तकोशी डेभलपमेन्ट बैंक,सृजनशील लघुवित्त संस्था,मकर जितुमाया सुरी हाइड्रोपावर, पोखरा फाइनान्स र सृमद्धि फाइनान्सको सेयर १० प्रतिशतले बढेको हो।

बिज्ञापन

यसदिन कुथेली बुखारी स्मल हाइड्रोपावरका लगानीकर्ताले गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा जानकी फाइनान्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३३ करोड बढिको सेयर कारोबार भयो।

पोखरा फाइनन्सले २५ करोडको सेयर कारोबार गर्दा सप्तकोशी डेभलपमेन्ट बैंक र समृद्धि फाइनान्सको २१/२१ करोड र पिपुल्स हाइड्रोपावरले १८ करोड मूल्य बराबरको सेयर कारोबार गरे।

बिज्ञापन

कारोबारमा आएका ९९ स्टक्सको मूल्य बढ्दा १३८ वटाको घट्यो। बाँकी ७ स्टक्सको मूल्य भने स्थिर रह्यो। चार समूहको उपसूचक बढ्दा अन्यक समूहको उपसूचक नकारात्मक देखिए। यसदिन फाइनान्स समूहको उपसूचक सर्वाधिक ४.२० प्रतिशतले बढ्यो।

 

२०८१ कार्तिक २९, बिहीबार ०१:०२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना