आजदेखि नागढुङ्गा सुरुङ मार्ग सिस्ने खोला यातायातआंशिक रूपमा बन्द हुने

२०८१ कार्तिक २९, बिहीबार १३:०३

काठमाडौं।

बिज्ञापन

काठमाडौं भित्रिने मुख्य सडक त्रिभुवन राजमार्गको सिस्ने खोला क्षेत्रमा यातायात आजदेखिआंशिक रुपमा बन्द हुने भएको छ ।नागढुंगा सुरुङ मार्गको पश्चिम पोर्टल त्रिभुवन राजमार्गअन्तर्गत धादिङको सिस्ने खोलामा स्लोप कटिङ गर्नुपर्ने भएकाले सडक बन्द गरिने नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको हो।

बिज्ञापन

सो आयोजनाले एक सूचना प्रकाशित गरी आजदेखि उक्त सडक आउँदो मङ्सिर ५ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आंशिक रुपमा बन्द हुन जनाएको छ।

उक्त अवधिको २० मिनेट भने दुवैतर्फ सडक बन्द हुने सूचनामा उल्लेख गरिएको छ। यसैगरी २०/२० मिनेटमा खोल्ने र बन्द गर्ने गरी काम गरिने आयोजनाले जनाएको छ। सडक बन्द हुँदा वैकल्पिक सडक प्रयोग गर्नसमेत आयोजनाले सूचनामार्फत आग्रह गरेको छ।

बिज्ञापन
२०८१ कार्तिक २९, बिहीबार १३:०३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना