काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि रुपन्देही पुर्याइएका रवि लामिछानेलाई शुक्रबार मात्र पोखरा फर्काइने भएको छ ।
बिज्ञापन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका पूर्वगृहमन्त्री लामिछानेलाई मंगलबार बयानका लागि रुपन्देही लगिएको थियो । जिल्ला सरकारी वकिल कार्यालयमा बिहीबार साँझ बयान सकिएको हो।
बिज्ञापन
मंगलबार दिउँसो विमानमा पोखराबाट भैरहवा ल्याइएका लामिछानेलाई सरकारी वकिलको कार्यालय रुपन्देहीले पहिलो दिन मौखिक र बुधबारदेखि लिखित बयान लिएको थियो ।
लामिछानेसंग बुधबार र बिहीबारसमेत गरी ७४ ओटा प्रश्न सोधेको थियो । तीन दिनमा साढे २३ घन्टा बयान लिइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्