काठमाडौं : पिता कबिराज लामा र माता काइली लामाकाे काेखबाट वि.सं २०४६ मंसिर २९ गते थाक्रे गाउँपालिका वडा नं ५ सिमलडाडा धादिङमा जन्म भएको हाे गायिका रजनी लामा ।
आफ्नै रहर सङ्गै सानै देखि गीतसंगीत मन पर्ने भएकोले सधै रेडियो एफ.एम. सुनेर फोनिङ कार्यक्रम हरु मा सहभागी हुँदै रेडियो कर्मी साथिहरुको प्रेरणा हौसलाले नै सङ्गीत क्षेत्रमा आएको हाे रजनी लामा । उनले अाैपचारिक शिक्षा नजिकैको श्री आदर्श माध्यमिक विद्यालयमा कक्षा ६ सम्मको अध्ययन पछि श्री महाकाली माध्यमिक विद्यालय तसर्पु धादिङबाट वि.सं २०६४ सालमा माध्यमिक तहकाे शिक्षा पूरा गरेका हुन । जुन विद्यालय पुग्न एक घन्टा को पैदल यात्रा गर्नुपर्थ्यो रजनी सुनाउछिन् ।
एस एल सी पास लगत्तै आफै पढेको बिद्यालय श्री आदर्श मा वि मा वि.सं २०७० सालसम्म अध्यापन गराइयो। बिहान बेलुकी घरको काम,दिउँसो विद्यालय गर्दा पढाइलाई खासै समय दिन सकिन । वि. सं २०६८/०६९ मा श्री महाङ्कालेस्वरी मा. वि. बाट प्लस टु सकाए पछि पारिवारिक र अार्थिकका कारण पढाइलाई अगाडि बढाउन नसकेको बताउँछिन् कलाकार रजनी लामा ।
गाउने,नाच्ने,बजाउने यी तिनै प्रकारका कलालाई नै सङ्गीत भनिन्छ,सङ्गीत अनुसार को अभिनय अटोमेटिक मानिसमा आउँछ । संगीत मान्छेको दु:खलाइ भुलाउने साथिको रुपमा बुझ्न सकिन्छ भने सुख र खुसिमा झन उर्जा थप्ने काम गर्छ । गीत, नृत्य, अनि अभिनयबाट मान्छेले संगीतलाई आफ्नो कला देख्न सुन्न सकिन्छ । मेरो यस क्षेत्रमा गायन तर्फ लोक दोहोरिबाट सुरुवात भएको हो । यस संगीत क्षेत्रबाट जीविकोनिर्बाह कमै मान्छेले मात्र गर्न सकिन्छ । यस क्षेत्रमा लाग्ने आम कलाकारहरुको आफ्नै पीडा छ, यो क्षेत्रमा लागेपनी यदि बिहान दिउँसो केही समय अरु कुनै पेसा लाई अङ्गाल्न नसक्नेहरुलाई एक छाक खान को लागि मात्र हुन्छ कलाकार रजनी लामा बताउँछिन् ।
कलाकर्मी, संगीतकर्मीलाई राज्यको अंगको रुपमा शब्दले हेरेपनी ब्यबाहारिक छैन जस्तो लाग्छ । यदि राज्यले संगीत क्षेत्रमा केही मापदण्ड बनाएर लगानी गर्न सकेमा अबस्य पनि राज्यको समेत हित देखिन्छ । किन कि गीतसङ्गीत,अभिनय साथै अन्य कलाको माध्यमबाट नै देशमा घटिरहेका राम्रा र नराम्रा दुबै घटनाहरु प्रत्येक्ष बाहिर ल्याउने काम गर्छ जसले राष्ट्रको विकासकै निम्ति टेवा पुग्दछ, गायिका रजनीकाे भनाइ रहेको छ ।
उनले हालसम्म नेपाली संगीत क्षेत्रमा अाफ्नाे याेगदान भरपुर दिने प्रयास गरेकी छिन् । सयाैं गीतहरुमा अाफ्ना अवाज भरिसकेकि रजनीकाे लोकगीत तर्फ माया लाउन पोखरा, मीठो बोलिले, तिम्रो माया जालैमा, गाउँदै मैले गीत, छुकछुके रेलैमा, जुनेली रातैको छायाले, फुल फुलेको जाइ, फुल राम्रो हुन्छ, डालिको, नखोज है भाउ, पिरती लाको, सौतेनी आमा, फाटेको चोरी, दुख पिरलाइ भुली, ए परदेशी आउनी होइन र, बिछोड को पीडा, हितको माया, फुल फुलेको जसरी , झिल्के ड्राइभर, मायाको कसम, देउरालिको छ्याङ ,सोल्टिज्यु बिग्रीएला मति उनका चर्चामा अाएका गीतहरु हुन । उनले लाेक तथा दाेहाेरी गीत सँगै तामाङ सेलाे क्षेत्रमा पनि उस्तै चर्चामा सुनिने नाम हाे रजनी लामा । मायाको कसम, डम्फुको तालमा, च्याङ्बाले डम्फु
, ल्होछार मेला, हिउँ भन्दा गोरि, रुपै त राम्री,माबर डाडामा हिउँ पर्छ लगायतका तामाङ सेलाे गीतहरु पनि दर्शक तथा श्राेताहरुकाे राेजाइमा परेका गीतहरु हुन ।
बिज्ञापन
यस क्षेत्रमा आउन चहानेहरु बुझेर,सिकेर मात्र आउन अनुरोध गर्न चाहन्छ रजनी लामा । यो संगीत क्षेत्रमा सबै बुझेको हुदैनन मन भरी स्वार्थ बोकि नयाँहरुको पैसा थुत्ने काम धेरै हुन्छ। पैसाको बिटोमै सबै कुरा छ गतिलाे कला र प्रतिभाको खासै मुल्यांकन हुदैन । इज्जत र सम्मान पनि कमै गर्छन। सुरुमा। सुरुमा आफुले बिद्यायमा टिचिङ गर्दा आएको थोरै तलब सङ्गै दिदी बहिनीहरुले गर्नुभएको आर्थिक सहयोग र रेडियो कर्मिहरुको हौसला र प्रेरणा ले सुरुवात गरेको कलाकारिता अहिले बिकृती र बिसङ्गतिलाइ बढी प्रोत्साहन दिएको जस्तो अनुभव भाको छ । त्यसैले ऐले परिस्थितिलाइ नियाल्दै केही समय अगाडि देखि यो क्षेत्रमा विश्राम लियर बसेकी छु । भोगाइ,पीडा ,संघर्ष र चुनौतिको कुरा गर्ने हो भने धेरै छन तर सम्झिन चाहेन म, रजनी दु:ख र गुनासो व्यक्त गर्छिन् । कलाकार रजनी लामा नेपाली कला संगीतलाई मनबाट प्रेम गर्ने कलाकार मध्ये एक हुन । विभिन्न सामाजिक क्षेत्रमा सामाजिक सेवामा पनि अाफुलाई समर्पित गर्दै अाएकाे कलाकार हुन् रजनी लामा । दु:खमा परेकाहरुकाे सहारा पनि बनेकी छिन् रजनी । राष्ट्रिय संगीतकर्मी संघ धादिङ जिल्ला कार्यसमितिकाे सदस्य, सचिव हुँदै बरिस्ठ उपाध्यक्ष समेत सम्हालेर सिंगो कार्यसमितिकाे नै नेतृत्व गरेका थिए उनलेे । धेरै संघसंस्थाका नेतृत्व सम्हालेका उनी समाजमा र नेपाली कला संगीतमा अनुशासन संस्कार र परिवर्तन चहान्छिन् । करण ड्रिम्स , मन खुसी फाउन्डेसन र दुप्चेश्वर म्युजिक प्रा.लीकाे प्रस्तुतिमा सम्पन्न अवार्ड लाेक तथा दाेहाेरी गीत गायिकाबाट विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड २०२४, नेशनल अार्टिस्ट अवार्ड २०७९, डाइमन्ड म्युजिक अवार्ड, विशाल म्युजिक अवार्ड, स्रष्टा सम्मान लगायतका गहकिलो सम्मानहरुबाट सम्मानित भैसकेका छन् गायिका रजनी लामा । अन्तिममा मलाइ मैले रेडियो मार्फत सर्जकहरुको गीत गाउँदा कलाकारितामा अगाडि बढ्नु, अबस्य सफल हुन्छ, हाम्रो साथ सपोर्ट सधै छ भनेर आज यति धेरै गीतहरु बजार सम्म ल्याउनको निम्ति हौसला प्रदान गर्नुहुने रेडियो कृषि १०१.५ मे.ह.धार्के चालिसे धुनिबेसी धादिङ र रेडियो राजमार्ग ९२.१ मे.ह धुनिबेसी धार्के धादिङप्रती हार्दिक आभाइ प्रकट गर्न चाहन्छु र सधै यहाहरुको रेडियो मार्फत समुदायको हरेक कुनाकुनासम्म गीत गुन्जाउनुभएको छ ,सधै यहाँहरुप्रती सम्मान ब्यक्त गर्न चहान्छुन्छु । अाउने दिनहरुमा पनि तपाईं सम्पूर्णकाे माया साथकाे अपेक्षा राख्दछु कलाकार रजनी लामा बताउँछिन् ।
प्रतिक्रिया दिनुहोस्