काठमाडौं । नेपाली काङ्ग्रेसले मंसिर १६ मा हुने उपनिर्वाचनका लागि कीर्तिपुर नगरको मेयर पदमा कृष्णमान डंगोललाइ उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बिज्ञापन
नेपाली काँग्रेस बागमती प्रदेश संसदीय समितिको शनिबार बसेको बैठकले डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
बिज्ञापन
कीर्तिपुर नगरको मेयरमा सो पार्टीका नगर सभापति कृष्णमान डंगोल, अन्य नेताहरु बद्रीलाल महर्जन, हिमाल कार्की, सरिश महर्जन, जमुना नकर्मी लगायतले इच्छा देखाएपछि नाम टुंगो लगाउन आकांक्षीहरू सबैको नाम प्रदेशमा पठाइएको थियो ।
कांग्रेसको विधान अनुसार नगर प्रमुखको उम्मेदवार छनोट गर्ने अधिकार प्रदेश समितिलाई दिएको थियोे ।
प्रतिक्रिया दिनुहोस्