(करण तामाङ)
बिज्ञापन
काठमाडौं । दुप्चेश्वर गाउँपालिका वडा नम्बर ३ स्थित फपरखेल नुवाकोटकि ६ वर्षकी ब्रेन ट्युमर बिरामी पासाङ माया तामाङलाई स्वस्थ्य लाभकाे कामना सहित राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति नुवाकोट र माङसाम युवा बचत काेषले नगद रु ८०,००० ( असी हजार ) आर्थिक सहयोग प्रदान गरेको छ ।
बिज्ञापन
विगत लामाे समय देखि परेको बिरामी बालिकाकाे स्वस्थ्य उपचारमा आर्थिक सहयोग अपिल भए अनुसार दुप्चेश्वरकै समाजसेवी कलाकार साथै राष्ट्रिय संगीतकर्मी संघ नुवाकोटका अध्यक्ष बिकी लामा लाे र समाजसेवी सन्देश तामाङकाे पहल र नेतृत्वमा गत हप्ता आर्थिक सहयोग प्रदान गरेको हाे ।
उपचारको लागि धेरै खर्च भैरहेको र आर्थिक अवस्था बलियो नभएको कारण उपचारमा समस्या आउन सक्ने भन्दै समस्या नहाेस भन्नका लागि आर्थिक सहयोग गरेको सन्देश तामाङ र बिकि लामा लाेले बताएका छन् ।
बिज्ञापन
सोही रकम बिरामीकै घरमा पुगेर माङसाम युवा बचत काेष र राष्ट्रिय संगीतकर्मी संघ नुवाकोटकाे टिमले हस्तान्तरण गरेको थियोे ।
सामाजिक परिवर्तन, विकास र सुख दु:खकाे सारथीका लागि पनि माङसाम युवा बचत काेष निर्माण भएको उक्त टिमले बताएको छ । र, राष्ट्रिय संगीतकर्मी संघ पनि निरन्तर सामाजिक सेवा र साँस्कृतिक पक्षमा याेगदान प्रदान गर्दै आएको संस्था हाे । अप्ठ्यारोमा परेको बेला यसरी हातेमालो गर्दै सामाजिक काम गर्ने गरेकाेले दुवै संस्थाका टिमहरुलाइ लामाले धन्यवाद व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्