देशभर घण्टी बजाएर रास्वपाले गर्यो सरकारको बिरोध

२०८१ मंसिर ४, मंगलवार १५:५४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारको प्रतिशोधको विरोधमा देशभर घण्टी बजाएर बिरोध गरेको छ । सभापति रबि लामिछानेलाई सहकारी ठगिकाे झुटाे मुद्दा लगाएर हिरासतमा राखेको भन्दै रास्वपाले आज देशभर बेलुकी ७ बजे ७ चोटि घण्टी बजाएर सरकारको बिरोध गरेको हो ।

बिज्ञापन

यस्तै काठमाडौंको गुर्जुधारा चोकमा पनि बिरोध प्रदर्शन गरिएको थियो । उक्त कार्यक्रममा रास्वपा क्षेत्रीय सभापति, नगर सभापति,नगरसचिव लगायतका नेता, कार्यकर्ता र शुभेच्छुकहरुको सहभागिता रहेको थियो । भने केही बेहेर नारा लगाएका थिए ।

बिज्ञापन

कात्तिक ३ गते देखी रास्वपाको सभापति रबि लामिछाने  कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । केही दिन अघिमात्र काठमाडौंको स्वर्णलक्ष्मी बचत अपचलको आरोपमा काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी गरेको छ । लामिछाने पक्राउ परेयता रास्वपाका नेता, कार्यकर्ता र शुभेच्छुकहरुले देशभर सरकारको बिरोधमा प्रदर्शन गरि रहेका छन् ।

बिज्ञापन
२०८१ मंसिर ४, मंगलवार १५:५४ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना