(करण तामाङ)
बिज्ञापन
काठमाडौ । नेपाल सितोरियो कराँते म्यागङ डाेजाेकाे मुख्य प्रशिक्षक अमृत तामाङकाे नेतृत्वमा “दाेस्राे म्यागङ अध्यक्ष कप खुल्ला कराँते च्याम्पियनसिप तथा कराँते खेलाडी सम्मान कार्यक्रम २०८१” हुने भएको छ ।
बिज्ञापन
डाेजाेका प्रमुख प्रशिक्षक अमृत तामाङकाे संयाेजकत्व र म्यागङ कराँते डाेजाेकाे आयाेजनामा म्यागङ गाउपालिका ३ देउराली नुवाकोटमा मंसिर अन्तिम साता उक्त च्याम्पियनसिप रहने बताइएको छ ।
सोही च्याम्पियनसिपका लागि विभिन्न ताैल समुहमा खेलाडीहर सहभागी रहन पाउनेछन् । सिनियर र जुनियरतर्फ गरि दुवै समूहकाे प्रतियोगिता रहने भएको छ ।
बिज्ञापन
उक्त डाेजाेबाट उत्पादन भएको सिनियर खेलाडीहरुलाई विशेष सम्मान गर्ने गरि कार्यक्रम तय भएको हाे । विगत लामाे समय देखि कराँतेकाे तर्फबसोआफ्नाे ठाउँलाई चिनाउन जीवन समर्पण गर्दै साथै विभिन्न सानाठूला प्रतियोगिताहरुमा म्यागङलाई पदक दिलाउन सफल खेलाडीहरुलाई सम्मान गर्ने भएको छ ।
निरन्तर घरेलु डाेजाेमा तालिम लिएर ब्ल्याक बेल्ट पार गर्न सफल खेलाडीहरुलाई प्रशंसा गर्दै सम्मान गर्ने निर्णय लिएको प्रशिक्षक अमृत तामाङले बताएको छ । प्रतियोगितामा निर्णायकका रुपमा अन्तर्राष्ट्रिय र राष्ट्रिय निर्णायकहरुकाे सहभागी रहने पनि जानकारी गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्