सभामुख देवराज घिमिरे भोलि कम्बोडिया जाने

२०८१ मंसिर ६, बिहीबार १०:१०

काठमाडौं । सभामुख देवराज घिमिरे भोलि कम्बोडिया जाने भएका छन्। सहिष्णुता र शान्तिका लागि राष्ट्रिय संसद्को ११औँ महासभामा सहभागी हुन सभामुख घिमिरे भोलि राति सवा १० बजे कम्बोडिया प्रस्थान गर्न लागेका हुन्।

बिज्ञापन

आउदो शनिबारदेखि सोमबारसम्म महासभाका विभिन्न बैठक र कार्यक्रममा सहभागी भएर मंगलबार स्वदेश फर्कने कार्यक्रम रहेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिएका छन्। उनका अनुसार महासभाका क्रममा केही भेटवार्ता र साइटलाइन मिटिङ पनि हुनेछन्।

बिज्ञापन

अर्को कार्यक्रमका लागि विभिन्न ८ राजनीतिक दलका १३ जना नेता पनि कम्बोडिया गएका छन्। कम्बोडियामा आज सुरु हुने आइसीएपीपी (इन्टरनेसनल कन्फ्रेन्स अफ एसियन पोलिटिकल पार्टीजको १२ औं अधिवेशनमा भाग लिन सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका विदेश विभाग प्रमुख रघुविर महासेठ र पूर्वविदेश विभाग प्रमुख राजन भट्टराई लगायतका नेताहरू कम्मोडिया गएका हुन्।

एमालेले भोलि काठमाडौँमा आयोजना गर्ने जागरण सभाको संयोजक भट्टराईलाई बनाएको थियो। भट्टराईले आफू विदेश उडेपछि सो जिम्मेवारी कैलाश ढुंगेललाई दिइएको जानकारी सामाजिक सञ्जालमार्फत गराएका छन्।

बिज्ञापन

उक्त टोलीमा सत्तारुढ नेपाली कांग्रेसकी नेतृ तथा पूर्व परराष्ट्र मन्त्री सुजाता कोइराला, प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा, जनमत पार्टीका अध्यक्ष सीके राउत, राप्रपा नेता उद्धव पौडेल, नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललगायत छन्।

व्यवसायी दुर्गा प्रसाईंले कम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको अर्बौं लगानी रहेको दाबीसहित एउटा भिडिओ सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा तरंग उब्जिएको छ। अहिले प्रसाईं आफैँ फेक डकुमेन्ट बनाएर दुष्प्रचार गरेको आरोपमा पक्राउ परेका छन्।

२०८१ मंसिर ६, बिहीबार १०:१० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना