काठमाडौं, उपत्यकामा आज ५ हजारभन्दा बढी प्रहरी र ५०० ट्राफिक प्रहरी खटाइने

२०८१ मंसिर ७, शुक्रबार ०३:१९

काठमाडौं : आज काठमाडौं उपत्यकाका विभिन्न तीन ठाउँमा विभिन्न समूहले प्रदर्शन गर्दैछ।

बिज्ञापन

केही दिन अघिदेखि नै सहकारी पीडितहरूले माइतीघर मण्डलामा प्रदर्शन गर्दै आएका छन् । भने नेकपा (एमाले) र मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समूहले पनि आज उपत्यकाको विभिन्न ठाउमा प्रदर्शन गर्दैछन्।

बिज्ञापन

त्यस्तै एमालेले दरबारमार्गमा गर्ने जागरण सभाका लागि भद्रकालीबाट र्‍याली निकालेर सुन्धारा, वीर अस्पताल, रत्नपार्क घन्टाघर हुँदै दरबारमार्ग पुग्नेछ।

भने दुर्गा प्रसाईँ समूहको प्रदर्शन कोटेश्वरमा हुँदैछ।

बिज्ञापन

एकैदिन तीन ठाउँमा फरक फरक समूहको प्रदर्शन हुने भएपछि काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले तीन ठाउँमा प्रदर्शन हुन लागेकाले आम नागरिकको जनजीवन सहज र सुरक्षित बनाउन ५ हजार भन्दा बढी प्रहरी खटाइने जानकारी दिए।

त्यस्तै ट्राफिक व्यवस्थापन सहज बनाउन ५ सयभन्दा बढी ट्राफिक प्रहरी खटाइने पनि उनले बताए।

‘नागरिकको जनजीवन तथा आवतजावत सहज र सुरक्षित होस् भन्ने विषयमा सुरक्षा हामी प्रतिबद्ध छौं।  त्यसका लागि थप ५/६ हजार प्रहरी र पाँच सयभन्दा बढी ट्राफिक प्रहरी खटाएका छौं,’ उनले भने।

सोही ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिनेछन्। त्यसका लागि काठमाडौंमै पर्याप्त प्रहरी रहेको पनि उनले बताए।

‘प्रहरीले लगातार पेट्रोलिङ पनि गर्छ। कहीँ कतै अप्रिय घटना नहोस् भन्नका लागि हामी संवेदनशील छौं र पर्याप्त मात्रामा सुरक्षा व्यवस्था मिलाइएको छ,’ प्रजिअ आचार्यले बताए।

सुरक्षा संवेदनशीलता र यातायातलाई मध्येनजर गरेर नै प्रदर्शन गर्ने ठाउँको दूरी टाढा बनाइएको पनि प्रजिअ आचार्यले बताए।

२०८१ मंसिर ७, शुक्रबार ०३:१९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना