काठमाडौं,कार्तिक १३ आज,
बिज्ञापन
टी-२० विश्वकपको एसिया छनोटमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित निकाल्दै सुखद सुरुआत गरेको छ ।
बिज्ञापन
यो खुसियाली अवसरमा कीर्तिपुर मैदानमा उपस्थित दर्शकहरु रमाइलो गरिरहेका छन् ।
दशैं बिदा सकिएलगत्तै छनोट खेल सुरु भएकोले कीर्तपुर मैदानमा बिहानैदेखि दर्शकको क्रेज देखिन्छ । उनीहरूले खेल सुरु भएसँग नेपाली टोलीलाई साथ दिएका थिए ।
नेपालको पहिलो जितसँगै विश्कप छनोट यात्रा सहज बनेको भन्दै दर्शकहरूले हुटिङसमेत गरेका थिए ।
पहिलो खेलमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा १६.३ ओभरमा मात्र २ विकेट गुमाएर भेटाएको छ ।
बिज्ञापन
अर्को खेलमा नेपालले मलेसियासँग खल्नेछ ।
प्रतिक्रिया दिनुहोस्