काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध लिएको पुष्टि भएको दावी गरेको छ।
बिज्ञापन
पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता मनिष झाले सोही कुरा बताएका हुन् । एमाले नेता लीलाबल्लभ अधिकारीमाथि कानूनी कारबाही नहुने नगर्ने घटनाले रविमाथि राजनीतिक प्रतिशोध साँधेको थप पुष्टि गरेको बताए।
बिज्ञापन
अधिकारीलाई कानूनी कारबाही नहुने भन्ने कुराले त्यसलाई प्रमाणित गरिसकेको उनको भनाइ छ।
सभापति लामिछानेले सहकारीको ब्याज तिर्नका लागि चेक काटेको भन्ने डकुमेन्ट अदालतले प्रमाणित गर्ने कुरा छ ।भन्दै प्रवक्ता झाले संगठित रूपमा बाहिर ल्याएर प्रचार गरेको आरोप पनि लगाए। सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि लामिछाने हाल पोखरामा प्रहरी हिरासतमा छन्।
प्रतिक्रिया दिनुहोस्