काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अहिले बेलुकी काठमाडौं ल्याइएका छन् ।
बिज्ञापन
सभापति लामिछाने लाई पोखराबाट बुद्ध एयरको उडानमार्फत काठमाडौं ल्याइएको हो
बिज्ञापन
उपत्यकाका एसपी नवराज अधिकारीका अनुसार आज साँझ काठमाडौं ल्याइएका हुन् । उनलाई भद्रकालीस्थित प्रहरी कार्यालयमा राखिनेछ । भोलि (शुक्रबार) बाट जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बयान हुने बताएका छन् ।
कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी अपचलन गरेको भन्दै लामिछानेविरुद्ध २ मंसिरमा पक्राउ पुर्जी जारी भएको थियो । उनीसँगै पक्राउ पुर्जी जारी भएका छविलाल जोशीलाई भने बयान लिएर प्रहरीले पोखरा फिर्ता लगिसकेका छन् ।
बिज्ञापन
सहकारी अपचलन गरेको भन्दै प्रहरीले लामिछानेलाई कात्तिक २ गते वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्