ककनी–२ मा नेकपा ओवादीका घिमिरे बिजयी

२०८१ मंसिर १७, सोमबार ००:२३

नुवाकोट : नुवाकोटको ककनी गाउँपालिका–२ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्ण घिमिरे विजयी भएका छन् ।

बिज्ञापन

नेपाली कांग्रेसका उम्मेदवार सुर्य तामाङलाई करिब दोब्बर मतले पछि पार्दै उनी विजयी भएका हुन् ।

बिज्ञापन

निर्वाचन कार्यालयको नतिजाअनुसार २ हजार २ सय २५ मतगणनामा घिमिरेले १ हजार ८५ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका तामाङले ५ सय ८७ मत पाएका थिए ।

यसैगरी नेकपा (एमाले) का उम्मेदवार यमबहादुर लामाले ३ सय ६६ मत प्राप्त गर्दै तेस्रो भएका छन् । रास्वपाका मंगलसिद्धी तामाङले ८३, राप्रपाका खेमबहादुर थापाले २८ र समाजवादीका मानबहादुर लामाले २३ मत प्राप्त गरेको थिए

बिज्ञापन

सोही वडाका अध्यक्ष पदका लागि ११ जना उम्मेदवार  प्रतिष्पर्धामा थिए ।

२०८१ मंसिर १७, सोमबार ००:२३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना