काठमाडौं : काठमाडौं,महानगरपालिका वडानम्बर १६ को वडाध्यक्ष पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उमेदवार रोजिना श्रेष्ठ विजयी भएकी छिन् ।
बिज्ञापन
स्थानीय तहमा रास्वपाको पहिलो जीत हो । यसअघिका स्थानीय तह निर्वाचनमा रास्वपा सहभागी भएका थिएन ।
बिज्ञापन
रास्वपाकी श्रेष्ठले २९०२ मत ल्याएका छन् । भने एमालेका लक्ष्मीरत्न तुलाधरले २२२० मत पाएका छन् । नेपाली कांग्रेसका देवेन्द्र पाठकले २२१४ मत पाएका छन् ।
यस् पटक भने नेपाली कांग्रेस तेस्रो स्थानमा धकेलिएका छन्।
बिज्ञापन
यस्तै एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १०९२ मत पाउँदा राप्रपाका श्यामकृष्ण श्रेष्ठले ७७४२ मत पाए भने स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ४९८ र अर्का स्वतन्त्र सम शाक्यले ३३४ मत पाएका छन् ।
साथै यस् वडामा यसअघि कांग्रेस विजयी भएको थियो । कांग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।
प्रतिक्रिया दिनुहोस्