अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री एन पी साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी बिच भेट्बार्ता।

२०८० कार्तिक १४, मंगलवार ०५:३१

काठमाडौं,
कार्तिक १४ अमेरिका भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री एन पी साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
अमेरिकी विदेश मन्त्रालयमा गएराति भएको भेटमा एमसीसी परियोजना, सूचना प्रविधि, कृषि, खाद्य सुरक्षालगायतका विषयमा छलफल भएको हो ।
अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले ट्वीट गर्दै एमसीसी परियोजनाबारे मन्त्री साउदसँग छलफल भएको जानकारी दिएका छन् ।
उनीहरुबीच क्षेत्रीय तथा अन्तर्राष्ट्रिय साझा चासोका विषयमा समेत छलफल भएको थियो । परराष्ट्रमन्त्री साउदले उक्त अवसरमा नेपालले अल्पविकसित देशबाट मध्यमस्तरको देशमा स्तरोन्नतिका लागि कार्ययोजना बनाएकाले थप सहयोगको खाँचो सुनाए को थिए ।
मन्त्री साउदले नेपाललाई व्यापार तथा लगानी, बजारको पहुँच, कृषिको विकास र सूचना प्रविधिको विकासका लागि सहयोग गर्न अमेरिकी सरकारसँग अनुरोध गरे । मन्त्री साउदले नेपाललाई थप वस्तुहरूको सुविधासहित व्यापार सहुलियत प्रदान गर्न पनि अनुरोध गरेका छ ।
मन्त्री साउदले नेपालको आर्थिक, सामाजिक विकासका लागि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र अमेरिकी सहयोग नियोगको सहयोग उल्लेखनीय भएको बताए । द्विपक्षीय वार्ताका क्रममा दुवै पक्षले एमसीसी परियोजना तोकिएको समयमा नै सम्पन्न हुने कुरामा विश्वस्त रहेको पनि बताएका थिए ।
द्विपक्षीय वार्ताका अवसरमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, मन्त्रालयका अधिकारी र दूतावासका प्रतिनिधिको सहभागिता थियो ।

बिज्ञापन

साथै अमेरिकी सरकारका तर्फबाट भने अमेरिकी उपसहायकमन्त्री डोनाल्ड लु, नेपालका लागि अमेरिकी राजदूत डीनआर थम्पसन सहभागी थिए

बिज्ञापन

२०८० कार्तिक १४, मंगलवार ०५:३१ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना