काठमाडौं: आज रातारात चितवन बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गाडीमा पोखरा लगिएको छ ।
बिज्ञापन
काठमाडौंमा बयान सकिएलगत्तै साहारा चितवन सहकारीको रकम हिनामिनामा पनि संलग्न देखिएको भन्दै पक्राउ पुर्जी जारी भएपछि रवि लामिछाने लाई सिधै बयानका लागि मंगलबार बिहान चितवन पुर्याइएको थियो ।
बिज्ञापन
चितवनमा २ दिनसम्म बयान सकेर राति नै स्थलमार्ग हुँदै रविलाई बिहान साढे ३ बजे कास्की प्रहरी कार्यालयमा ल्याइपुर्एको प्रहरीले जनाएको छ ।
कात्तिक २ गते रवि लामिछाने लाई पार्टी कार्यालयबाटै पक्राउ गरी पोखरा ल्याइएको हो । रविलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि पाँचौ पटक म्याद थपिएको छ ।
प्रतिक्रिया दिनुहोस्