पूर्व गृहमन्त्री रबि लामिछानेलाई आज पर्सामा बयान लिँदै

२०८१ मंसिर २५, मंगलवार ०८:३७

पर्सा : आज पर्सा जिल्लामा रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाका कार्यकर्ता र शुभचिन्तकहरुले प्रदर्शन गरेका छन् ।

बिज्ञापन

भने सरकारी वकिल कार्यालय पर्सामा रबि लामिछानेको बयान लिइरहेको छ। उनका समर्थकहरूले भने पर्साको वीरजन्गमा प्रदर्शन गरिरहेका छन् ।

बिज्ञापन

उनीहरूले राजनीतिक प्रतिशोध विरुद्धको सशक्त आन्दोलन भन्दै प्रदर्शनसहित विरोध र्‍याली समेत निकालेका छन् । प्रदर्शनमा सहभागीहरूले ‘रवि लामिछानेलाई न्याय दे, जनता झुक्काउन पाइँदैन, राजनीति प्रतिशोध बन्द गर’ लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

पर्साको सानोपाइला सहकारीको रकम अपचलनका विषयमा बयान लिन लामिछानेलाई पर्सा लगिएको थियो ।

बिज्ञापन

सानोपाइला सहकारीको रकम अपचलन आरोपमा लामिछानेसहित १४ जनाविरुद्ध मंसिर १९ गते पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

२०८१ मंसिर २५, मंगलवार ०८:३७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना