हिमालपारीको जिल्ला मुस्ताङ, मार्फाको तापक्रम माइनस सात जनजीवन कष्टकर

२०८१ मंसिर २६, बुधबार ०१:०६

काठमाडौं : हिमालपारीको जिल्ला मुस्ताङको तल्लो क्षेत्रका रूपमा चर्चित मार्फाको तापक्रम माइनस सात डिग्री पुगेको छ। घरपझोङ तथा थासाङ गाउँपालिका क्षेत्रमै तापक्रम माइनसमा पुगेपछि जनजीवन प्रभावित भएको छ।

बिज्ञापन

तापक्रम मापन केन्द्र समेत रहेको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका प्रमुख पद्मनाथ आत्रेयका अनुसार पछिल्लो २४ घण्टाको तापक्रम माइनस सात डिग्री मापन भएको छ। बागवानी विकास केन्द्रले स्याउ लगायतका फलफूलमा गरेको सिँचाइको पानी नै पुरै जमेको उहाँको भनाइ छ।

बिज्ञापन

उपल्लो मुस्ताङ क्षेत्रमा चिसो अत्यधिक बढेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो । चिसो बढेर पानी जम्ने र घाम नलाग्दासम्म बाहिर निस्कने अवस्था नभएको उहाँको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर बोगटीका अनुसार यातायात सेवा सुचारु रहेको र सीमा नाका खुला रहे पनि समग्र उपल्लो मुस्ताङ क्षेत्रमा स्थानीय प्रभावित भएका छन्। नेपाल प्रहरीको टोली नियमित रूपमा कोरला नाकासम्म गस्ती जाने गरेको उहाँको भनाइ छ।

बिज्ञापन
२०८१ मंसिर २६, बुधबार ०१:०६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना